+

महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित

२०८० साउन  ९ गते १३:५५ २०८० साउन ९ गते १३:५५
महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित

९ साउन, काठमाडौं । पहिलो पटक महिला विश्वकप फुटबल खेलिरहेको फिलिपिन्सले घरेलु टोली न्युजिल्याण्डमाथि ऐतिहासिक जित हात पारेको छ ।

समूह ए अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्याण्डलाई उसैको मैदान वेलिङ्गटनमा १-० ले पराजित गरेको हो । फिलिपिन्सलाई पहिलो जित दिलाउन सारिना बोल्डेनले २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

बोल्डेन महिला विश्वकपमा फिलिपिन्सका लागि गोल गर्दे पहिलो खेलाडी बनिन् । यसअघि समूहको पहिलो खेलमा फिलिपिन्स स्वीट्जरल्याण्ड्सँग २-० ले पराजित भएको थियो ।

पहिलो खेलमा नर्वेलाई पराजित गरेको घरेलु टोली न्युजिल्याण्डको यो पहिलो हार हो । यस नतिजापछि समूह ए बाट नकआउट चरणमा पुग्ने समीकरण खुल्ला भएको छ र नर्वेको पनि सम्भावना बाँकी छ ।

स्वीट्जरल्याण्ड, न्युजिल्याण्ड र फिलिपिन्सको समान ३ अंक छ भने नर्वे अंकविहीन छ । मंगलबारै स्वीट्जरल्याण्ड र नर्वेबीच खेल हुनेछ ।

 

महिला विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय