+

कासे फेयर विश्वकप खेल्ने कान्छी खेलाडी

२०८० साउन  ९ गते १८:५१ २०८० साउन ९ गते १८:५१
कासे फेयर विश्वकप खेल्ने कान्छी खेलाडी

९ साउन, काठमाडौं । दक्षिण कोरियाकी कासे फेयर विश्वकप खेल्ने हालसम्मकै कान्छी खेलाडी बनेकी छिन् ।

सोमबार कोलम्बियाविरुद्धको खेलमा उनी विश्वकप खेल्ने हालसम्मकै कान्छी महिला खेलाडी बनेकी हुन् । उनी १६ वर्ष २६ दिनकी भइन् ।

कोलम्बियासँग २–० को हार ब्यहोरेको दक्षिण कोरियाका लागि ७८ औं मिनेटमा दक्षिण कोरियाको जर्सीमा मैदान प्रवेश गर्दै इतिहास रचेकी हुन् ।

दक्षिण कोरियाका लागि फरवार्डको पोजिसनमा मैदान छिरेकी फेयरले टिमलाई भने हारबाट जोगाउन सकिनन् ।

उनी अमेरिकी पिता र कोरियाकी आमाबाट कोरियामा नै जन्मिएकी हुन् । बाल्यकालमा नै अमेरिका गएकी फेयरले जुनसुकै देशबाट पनि खेल्न सक्थिन् । उनले अमेरिकी राष्ट्रिय टिमका प्रशिक्षकलाई आफ्नो खेलबाट प्रभावित गरेकी थिइन् ।

७८ औं मिनेटमा मैदान प्रवेश गरेकी फेयरले खेलको दौरान आफ्नो उत्कृष्ट फुटबल शैली देखाइन् । उनले कोलम्बियन राइट ब्याक क्यारोलिना एरियससँग ठोक्किदै एक उत्कृष्ट हेडर प्रहार गरिन् । यसबाट उनले किशोरावस्थामा नै महिला फुटबलमा आफ्नो आगमनको राम्रो संकेत देखाएकी छिन् ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय