+
+

सुन प्रकरणबारे धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १०:१०

१० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलको बैठकले तय गर्ने धारणा अनुसार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

‘सुन प्रकरण गम्भीर विषय छ । त्यही गम्भीर्यताका आधारमा दलको बैठकमा छलफल हुन्छ,’ गिरीले अनलाइनखबरसँग भने ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?