+
+

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक ‘युरोमनी अवार्ड फर एकसिलेन्स’ बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १२:४३

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ‘युरोमनी अवार्ड फर एकसिलेन्स-२०२३’ बाट सम्मानित भएको छ । युरोमनी बेलायतको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवार्ड प्राप्त गरेको यो समेत तेस्रो पटक भएको बैंकले जनाएको छ ।

यसअघि सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएको कारण नेपाल इन्भेष्टमेट मेगा बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकको दाबी छ ।

भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराएकै कारण युरोमनीबाट सम्मानित भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?