
काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान अनलाइन माध्यमबाट हुने भएको छ ।
अष्ट्रेलियाको भेरो कम्पनीसँगको सहकार्यमा अनलाइन माध्यमबाट निर्वाचन गरिने एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए ।
करिब ३१ सय मतदाता रहेको एनआरएनए माल्टाको यही ३० तारिखमा निर्वाचन हुँदै छ । मतदाताको समयको चाप र खर्चको समेत मितव्ययीताका लागि अनलाइन भोटिङको तयारी गरिएको अर्यालले जानकारी दिए ।
निर्वाचनको सबै तयारी पूरा भएको र अनलाइन माध्यमबाट मतदानको व्यवस्थापन गर्न लागिएको निर्वाचन समितिका संयोजक एवं एनआरएनए माल्टाका पूर्व अध्यक्ष राजु अर्याल बाबुले जानकारी दिए ।
यसैबीच एनआरएनए माल्टाको अध्यक्षमा उम्मेदवारी दिएका वर्तमान महासचिव रोशन गिरी नेतृत्वको टिमले आफ्ना उम्मेदवारको प्रतिवद्वता सार्वजनिक गरेको छ । वर्तमान अध्यक्ष एवं आइसीसी सदस्यका उम्मेदवार भुवन अर्यालका अनुसार द नर्थ कन्फरेन्स सेन्टर, सनग्वानमा सयों समर्थकबीच गिरी र उनको टिमका पदाधिकारी र सदस्यहरुले आगामी कार्यकालमा गरिने कामको प्रतिवद्धता जनाएका हुन् ।
प्रतिक्रिया 4