+
+

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले निकाल्यो सेवा आयोग कार्यालयका सामान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १५:०९

१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालयको सेवा आयोगको भवन खाली गराएको छ ।

सेवा आयोगको कार्यालय रहेको भवन छात्राबासका लागि बनेकाले सोही प्रयोजनमा लगाउनुपर्ने भन्दै स्ववियुले भवनका सामग्री बाहिर निकालेको हो ।

केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाका अनुसार उक्त भवन खाली गराउन पटक पटक आग्रह गरे पनि त्रिवि नेतृत्वले बेवास्ता गर्दै आएको छ ।

‘यो ठाउँ छात्राबासका लागि खाली गराउनुपर्छ भनेर पटक पटक भन्दै आएका हौं । अहिले जम्मा ६५ जना मात्रै नयाँले गर्ल्स होस्टेलमा प्रवेश पाउँछन्’, उनले भने ।

पटक पटक सेवा आयोगले खाली गर्ने वचन दिएपनि खाली नगरेकाले भवन खाली गराउन कार्यालयका सामग्री बाहिर निकालेको ओझाले बताए । ्

सेवा आयोगका पदाधिकारी एक वर्षदेखि रिक्त छन् । ‘विश्वविद्यालयका प्राध्यापक र कर्मचारी भर्ना गर्ने सेवा आयोगमा दलीय भागवण्डाको खिचातानीले हुनसकेको छैन,’ओझाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?