१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले यू–१६ लिगको तेस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।
विवादका कारण अन्योलमा परेको यू–१६ लिगमा बढी उमेरका खेलाडी सहभागी भएको भन्दै संकटा, मनाङ मस्र्याङ्दी र फ्रेन्ड्स क्लबले लिग बहिस्कारको घोषणा गरेका थिए ।
मंगलबार विरोध गर्ने ३ क्लब र एन्फाबीच यस विषयमा छलफल र सहमति भएको एन्फाका प्रवक्ता सुरेश शाहले अनलाइनखबरलाई बताए ।
‘विवादबारे मंगलबार छलाफल भएको थियो । जसमा बहिस्कार गरेका तिनै क्लबले एन्फासँग खेलाडीको उमेर बढी भएको पाइएमा एमआरआइ गर्ने नीति थप गरेपछि सहमति भएको हो’, उनले भने ।
उनका अनुसार शुक्रबारदेखि लागु हुने गरी तय भएको तालिका अनुसार नै लिग हुनेछ ।
ए डिभिजन लिगका १० टोली सम्मिलित यस लिगको दोस्रो चरणसम्म विवादकै कारण दुई खेलमात्रै भएको थियो ।
प्रतिक्रिया 4