
११ साउन, दाङ । दाङमा बुधबार राति मोटरसाइकलले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नर्तीका ४० वर्षीय सन्तु चौधरी रहेका छन् । बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले लमहीको नर्तीमा ठक्कर दिएको थियो ।
ठक्कर गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए । ठक्कर दिए लगत्तै फरार रहेका मोटरसाइकल चालक लमही नगरपालिका-२ बनकट्टा निवासी सुरेश चौधरीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ ।
मृतक चौधरीको शवलाई लमही अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4