+

नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने

२०८० साउन  ११ गते १२:१० २०८० साउन ११ गते १२:१०
नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने

१० साउन, काठमाडौं । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले प्रतिद्वन्दी पाएको हो ।

विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा तल्लो वरीयताको २० टिमलाई दुई पटमा विभाजन गरिएको ड्र गरिएको हो । जसमा नेपाल पट वान र लाओस पट टु मा थियो ।

प्रारम्भिक चरणको छनोट होम एण्ड अवेको आधरमा खेलाइनेछ । छनोट खेल अक्टोबर १२ र १७ मा हुनेछ ।

नेपालले गत चैतमा प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँग खेलेको थियो । भुटानसमेत सम्मिलित उक्त प्रतियोगितामा नेपालले फाइनलमा लाओसलाई नै हराएर उपाधि जितेको थियो ।

नेपालले लिग चरणम लाओसलाई २-० ले र फाइनलमा २-१ ले पराजित गरेको थियो ।

प्रारम्भिक चरणको विजेता १० टिम विश्वकप छनोटको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणमा एसियाका शीर्ष २६ र प्रारम्भिक चरणका १० गरी कूल ३६ टिमले खेल्नेछन् ।

३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार-चार टिम हुनेछन् ।

हरेक समूहको खेल होम एण्ड अवेका आधारमा खेलाइनेछ । जसबाट समूह विजेता र समूह उपविजेता गरी कूल १८ टिम सन् २०२७ मा हुने एसिया कपमा सिधै छनोट हुनेछ भने विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ ।

दोस्रो चरणमा तेस्रो र चौथो स्थानमा रहने टिम विश्वकप छनोट होडबाट बाहिरिनेछ भने एसिया कप छनोटको तेस्रो चरणमा खेल्नेछन् ।

दोस्रो चरणबाट छनोट भएका शीर्ष १८ टिमलाई विश्वकप छनोटको लागि तेस्रो चरणमा ६ टिम सम्मिलित तीन समूहमा विभाजन गरिनेछ ।

हरेक टिमको समूह विजेता र समूह उपविजेता गरी ६ टिम सिधै विश्वकपमा छनोट हुनेछ ।

यस्तै एसियन प्लेअफमा तेस्रो चरणमा तेस्रो र चौथो भएको गरी कूल ६ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । जसमध्ये समूह विजेता बन्ने दुई टिम विश्वकपमा छनोट हुनेछ ।

यस्तै दोस्रो स्थानमा रहने टिमबीच अन्तरमहादेशीय प्लेअफमा जानका लागि खेल हुनेछ ।

प्रारम्भिक चरणमा पराजित टिमलाई अवसर

फिफा विश्वकपको प्रारम्भिक चरणमा पराजित भएका १० टिमलाई पनि एसियन कप २०२७ को छनवटका लागि भने पेरि अवसर मिल्नेछ ।

जसलाई एसिया कप क्वालिफायर प्लेअफ भनिनेछ । पहिलो चरणमा पराजित १० टिमलाई होम एण्ड अवेका आधारमा खेल्ने गरी ड्र गरिनेछ ।

क्वालिफायर प्लेअफको विजेता ५ टिम एसिया कप छनोटको तेस्रो तथा अन्तिम चरणमा छनोट हुनेछन् । एसिया कपक छनवटको तेस्रो चरणमा यी ५ टिमसँगै विश्वकप छनोटको दोस्रो चरणको छनोटमा ९ समुहको तेस्रो र चौथो भएको कुल १८ टिमले खेल्नेछन् । यस्तै विश्वकप छनोट खेल्न नपाउने नर्दन मारियाना आइल्याण्डले पनि एसियन कप छनोट भने खेल्न पाउनेछ ।

एसियन कपको तेस्रो चरणमा कूल २४ टिमलाई ६ समूहमा विभाजन गरिनेछ र हरेक समूहको विजेता मात्र एसिया कप २०२७ मा छनोट हुनेछ । दोस्रो चरणमा छनोट भएका १८ र अन्तिम चरणको ६ गरी कूल २४ टिमबीच एसिया कप हुनेछ ।

प्रारम्भिक चरण खेलतालिका

अफगानिस्तान विरुद्ध मंगोलिया
माल्दिभ्स विरुद्ध बंगलादेश
सिंगापुर विरुद्ध ग्वाम
यमन विरुद्ध श्रीलंका
म्यानमार विरुद्ध मकाउ
कम्बोडिया विरुद्ध पाकिस्तान
चाइनिज ताइपेइ विरुद्ध टिमोर लिस्टे
इन्डोनेसिया विरुद्ध ब्रुनाई
हङकङ विरुद्ध भुटान
नेपाल विरुद्ध लाओस

नेपाली फुटबल विश्वकप फुटबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय