११ साउन, काठमाडौं । चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ ।
बिहीबार भएको ड्र अनुसार पुरुषतर्फ नेपाल समूह बी मा परेको छ । यस समूहमा नेपालले एसियको बलियो टिम इरानका साथै बहराइनसँग खेल्नेछ ।
इरानले एसियन गेम्सको पछिल्लो दुई संस्करणमा स्वर्ण जितेको थियो । विश्व वरियतामा इरान १०औं स्थानमा छ र बहराइन ७६ औं स्थानमा छ ।
नेपालको पुरुष भलिबल टिमले लगातार दोस्रो पटक एसियन गेम्स खेल्न लागेको हो । नेपालको पुरुष टोलीले ३२ वर्षपछि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा पुनरागमन गरेको थियो । जहाँ नेपाल १५ औं भएको थियो ।
मानबहादुर श्रेष्ठको कप्तानीमा नेपालले एसियन गेम्सका लागि तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4