+
+

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १८:१६

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई सूचना, जानकारी तथा विवरणहरु समयमै पेश गर्न निर्देशन दिएको छ ।

बोर्डले समयमै निर्देशन पालन नगर्ने सूचीकृत कम्पनीलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ । समयमा वित्तीय विवरण र वार्षिक प्रतिवेदन पेश नगर्ने संस्थालाई कारवाही गर्ने चेतावनी बोर्डले दिएको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

त्यस्तै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र बोर्डमा पेश गर्न निर्देशन दिएको हो ।

बिहीबार एक सूचना जारी गर्दै संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्य–मुख्य बुँदाहरु सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्न निर्देशन दिएको हो ।

बोर्डले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई तीन दिनभित्र पेश गर्न समेत निर्देशन दिएको हो ।

यस्तै धितोपत्र सम्बन्धी कानुनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेश गर्नुपर्ने सूचना उल्लेख छ ।

बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा विभिन्न व्यवस्थाहरु कार्यानवयन गराउन उक्त निर्देशन दिएको बोर्डले जनाएको छ ।

संगठित संस्थाहरुबाट उक्त व्यवस्थाहरूको पूर्ण पालना नभएकोले सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आवश्यक अनुसारको सूचना, जानकारी तथा विवरण समयमा नै पेश÷प्रवाह गर्ने निर्देशन दिएको हो ।

यदी बोर्डले तोकेका निर्देशन कार्यान्वयन नभएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा जरिवाना गरिने हुने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?