११ साउन, काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा पोर्चुगलले पहिलो जित हात पारेको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको विश्वकपमा पोर्चुगलले बिहीबार भियतनामलाई २-० ले पराजित गरेको हो ।
पहिलो पटक विश्वकप खेलिरहेको पोर्चुगलको यो ऐतिहासिक जित हो । यसअघि पहिलो खेलमा पोर्चुगल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
न्युजिल्याण्डको ह्यामिल्टनस्थित वाइकातो स्टेडियममा भएको खेलमा पोर्चुगलका लागि तेल्मा राक्वेल एनकार्नाकाओले सातौं र फ्रान्सिस्का नाजारेथले २१ औं मिनेटमा गोल गरे ।
पहिलो जितपछि समूह ई मा पोर्चुगल ३ अंक जोडेर तेस्रो स्थानमा छ । पोर्चुगलले अब समूहको अन्तिम खेलमा साविक विजेता अमेरिकासँग खेल्नेछ ।
अमेरिका र नेदरल्याण्ड्सको समान ४ अंक छ । लगातार दुई हारपछि भियतनाम भने समूह चरणबाटै बाहिरिएको छ ।
प्रतिक्रिया 4