
११ साउन, काठमाडौं । हवाई टिकटमा चालु आर्थिक वर्ष २०८०/८१ बाट लागू भएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै पर्यटन व्यवसायी अदालत पुगेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिहीबार सर्वोच्च अदालतमा यो व्यवस्था खारेजीको माग गर्दै रिट दायर गरेको हो ।
हवाई सेवामा भ्याट लगाउँदा नेपालको पर्यटनसँग सम्बन्धित सेवा महँगो हुने व्यवसायीको तर्क छ ।
अर्कोतर्फ आएटा र आईकाओको प्रावधान अनुसार पनि अन्तर्राष्ट्रिय हवाई सेवा शून्य भ्याटमा आधारित हुनु पर्ने भएकाले यसलाई सच्याउन माग गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
समस्या समाधान गर्न विभिन्न निकायसँग छलफल र सहकार्य गर्न तयार रहेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4