+
+

इन्जिनियरिङ अध्ययन शुल्क बढाउने आईओईको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते २०:२६

११ साउन, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शुल्क बढाउने तयारी गरेको छ ।  संस्थानका डीन प्रा.डा.शशीधर राम जोशीले २८ वर्षदेखि इन्जिनियरिङका लागि तोकिएको शुल्क परिवर्तन नभएकोले अहिले परिवर्तन गर्ने तयारी भएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘शुल्क समायोजन गर्ने तयारी भइरहेको हो । हाम्रो आईओई मा २०५२ सालमा कुल शुल्क तोकिएको थियो । त्यसमा अलिकति परिवर्तन गर्न खोजिएको हो ।’

उनका अनुसार शुल्क समायोजनको लागि सिफारिस समिति बनाएको र समितिले केन्द्रीय क्याम्पसका ५ वटै आंगिक क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारीसँग छलफल गरेर कार्यन्वयन समितिमा पठाएको छ ।

साथै उक्त सिफारिस कार्यन्वयन समितिमा पुगेको र समितिले निर्णय गरेपछि मात्रै के कति शुल्क बढ्यो भन्न सकिने डीन जोशीले जानकारी दिए ।

उनका अनुसार २०५२ सालमा २ लाख ८० हजार र धरौटी ३५ हजार गरेर ३ लाख १५ हजार शुल्क रहेको छ । तर, पछिल्लो समय नयाँ शैक्षिक कार्यक्रमहरु एरो स्पेश इन्जिनियरिङ र केमिकल इन्जिनियरिङमा भने फरक शुल्क रहेको र त्यस बाहेकको कार्यक्रममा २०५२ सालदेखिको शुल्क कायम रहेको डीन जोशीको भनाइ छ ।

सरकारी क्याम्पस भए पनि नेपाल सरकारले कलेज चलाउनलाई आर्थिक सहयोग नभएको हुँदा संस्था चलाउनको लागि शुल्क समायोजन गर्नुपरेको डीन जोशी बताउँछन् ।

उनी भन्छन्, ‘यो हाम्रो सरकारी कलेज हो तर चलाउनको लागि सरकारबाट सहयोग नै कहिल्यै भएन । अब शुल्क समायोजन गरिएन भने संस्था टिकाउनै सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?