
१२ साउन, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।
सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले निक्षेपको ब्याजदर बढाउनु रहेको बताइएको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ छ ।
यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार एक लाख १३ हजार ५ सय रुपैयाँमा छापावल सुनको खरिद बिक्रि भएको थियो । यस्तै चाँदी १४ सय ९० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4