
१२ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।
अघिल्लो कार्यकालका उजुरीबारे छलफलका लागि शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।
२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भए ।
समितिका उपसचिव साबित्रा शर्माका अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ । ‘१४ जना सांसद उपस्थित हुँदा बैठक बस्न सक्थ्यो । आज १३ जना मात्र उपस्थित हुँदा बैठक स्थगित हुन पुग्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4