+
+

अब २५ लाखभन्दा माथिको कर्जा लिंदा प्यान अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १३:४१

१२ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँ भन्दा माथिको कर्जा लिने व्यक्तिलाई स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ ।

यसअघि यो सीमा ५० लाख रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सो भन्दा बढी रकमको कर्जा प्रवाह गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख नीतिहरु कार्यान्वयन गर्न शुक्रबार यस्तो निर्देशन जारी गरेको हो ।

एउटै समूह भित्रका २५ लाख भन्दा माथिको कर्जा लिइसकेका अन्य ऋणी भएमा अर्को ऋणीले थप कर्जा लिनु पर्दा भने २५ लाख रुपैयाँ भन्दा कममा समेत प्यान अनिवार्य गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?