+
+

पटकपटक जितेका छौं, फेरि जित्नेछौ : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १७:४६

१२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् ।

जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए ।

‘बहुमतको सरकार बनाउन जरुरी छ । ४९ मा अरुले बाँडुन्, तर ५१ हाम्रो हुनुपर्छ’ ओलीले भने । विगतमा पटकपटक जित्दै आएको भन्दै फेरि पनि जित्ने विश्वास समेत उनले व्यक्त गरे ।

‘हामी जेलमा हुँदा, जित्नेछौं एक दिन भनेर गीत गाउँथ्यौं’ ओलीले भने, ‘अहिले हामी भन्न सक्छौं, पटकपटक जितेका छौं, फेरि जित्नेछौं ।’ अहिले चुनौती भए पनि फेरि जित्ने ओलीले बताए ।

‘हामीले चुनौतीहरु देखेका छौं । तर पराजित गर्न सक्नेछौं । व्यवधान देखेका छौं, तर जित्नेछौं’, ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?