
१२ साउन, काठमाडौं । ५ लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले ललितपुरको थेचोबाट सूर्जमान मालीलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
यो घटनाका पीडितले शुक्रबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई पक्राउ गरेको हो ।
उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ । मालीबाट पटकपटक दुर्व्यवहार र यातना पाएपछि पीडितले आत्महत्या गर्ने प्रयास समेत गरेकी थिइन् ।
प्रहरीका अनुसार मालीसँग पीडितले २०७६ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । तर, मालीले ५५ लाख रुपैयाँ रुपैयाँ ऋण लिएको भन्दै नक्कली कागजात बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4