+
+

न्याम्सको आंगिक अस्पतालमा थपिए भेरी र भरतपुर अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १८:०६

१२ साउन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालमा भेरी र भरतपुर अस्पताल थपिएका छन् ।

गत चैतको मन्त्रिपरिषद्को बैठकले भेरी र भरतपुरलाई पनि आंगिक अस्पतालमा विस्तार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार अबदेखि भेरी र भरतपुरमा पनि एमडी, एमएस लगायतका शैक्षिक कार्यक्रमहरू पठनपाठन हुनेछन् ।

यसभन्दा अगाडि न्याम्स अन्तर्गत ९ वटा अस्पतालले सम्झौता गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसमा शहीद गंगालला राष्ट्रिय हृदयरोग केन्द्र, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, मानसिक अस्पताल पाटन, सिभिल अस्पताल छन् ।

त्यसैगरी, नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, रण अम्बिका आँखा अस्पताल र विराटनगर आँखा अस्पतालले न्याम्ससँग सम्झौता गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?