
१२ साउन, काठमाडौं । कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौताविरुद्ध आन्दोलित किसानहरुले शुक्रबार पनि कालीमाटी तरकारी बजारमा प्रदर्शन गरेका छन् ।
९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले शुक्रबार कालिमाटी तरकारी बजारमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।
तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
यसअघि ८ साउनमा पनि उनीहरुले कालीमाटी तरकारी बजारमा विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4