
१३ साउन, चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुन: अवरुद्ध भएको छ ।
बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको जानकारी दिए ।
बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4