१३ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा स्वीडेनले इटलीमाथि शानदार जित हात पारेको छ र नकआउट चरणमा स्थान बनाएको छ ।
शनिबार भएको खेलमा स्वीडेनले इटलीमाथि ५–० को फराकिलो जित हात पारेको हो । न्यूजिल्याण्डको विलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा स्वीडेनका लागि अमाण्डा इलस्टेडले दुई गोल गरिन् भने रोल्फो, स्टिना ब्लाकस्टेनियस र रेबेका ब्लोमक्विस्टले एक/एक गोल गरे ।
लगातार दोस्रो जितसँगै ६ अंकका साथ शीर्ष स्थामा रहेको स्वीडेनले अन्तिम १६ मा स्थान पक्का गरेको छ । ३ अंक जोडेको इटली दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4