काठमाडौं । महिला विश्वकप फुटबलमा फ्रान्सले ब्राजिललाई हराएको छ । शनिबार भएको खेलमा फ्रान्सले ब्राजिललाई २–१ गोल अन्तरले हराएको हो ।
अष्ट्रेलियाको सनकोर्प स्टेडियममा भएको खेलमा फ्रान्सले १७औं मिनेटमा ले सोमरले गरेको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा ब्राजिलले बराबरी गोल फर्कायो । उसका लागि ओलिभिराले ५८औं मिनेटमा गोल गरिन् ।
तर खेलको ८३औं मिनेटमा कप्तान बेन्डी रेनार्डले गोल गरेपछि फ्रान्स २–१ गोल अन्तरले विजयी भयो ।
जितसँगै फ्रान्स नकआउट चरण प्रवेशको सम्भावना बलियो भयो । पहिलो खेलमा जमैकासँग गोलरहित बराबरी खेलेको फ्रान्स ४ अंकका साथ समूह एफको शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4