+
+

माछापुच्छ्रे फेदीमा यसरी हुँदैछ ‘एक भगवत् गीता’ छायांकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १२:३०

काठमाडौं । अहिले कास्कीको पर्यटकीय थलो खुमाइडाँडामा फिल्म ‘एक भगवत् गीता’को छायांकन धमाधम भइरहेको छ । आगामी बुधबार फिल्मको सम्पूर्ण छायांकन पूरा हुने निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।

घाहाचोकबाट केही माथि पर्ने खुमाइडाँडामा अहिले गीत र केही दृश्यको छायांकन भइरहेको छ । छायांकन सेटबाट अनलाइनखबरलाई प्राप्त ताजा तस्वीरमा निर्देशक झरना थापा, अभिनेता धीरज मगर, अभिनेत्री सुहाना थापासहित बालकलाकारलाई देख्न सकिन्छ ।

सुटिङका यी तस्वीरको पृष्ठभूमिमा आकर्षक माछापुच्छ्रे हिमाल, हरियाली पहाड र चित्ताकर्षक दृश्य देख्न सकिन्छ । सोमबारदेखि एक गीतको छायांकन सुरु हुने र अभिनेता विपिन कार्कीले पनि सेट ‘ज्वाइन’ गर्ने जनाइएको छ ।

भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यो फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?