१४ साउन, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक जित हात पारेको छ ।
समूह एच अन्तर्गत आइतबार भएको खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० ले पराजित गरेको हो ।
फिफा वरीयतामा १७औं स्थानमा रहेको दक्षिण कोरियालाई ७२औं स्थानमा रहेको मोरक्कोले स्तब्ध पार्दै विश्वकपमा पहिलो जित निकालेको हो ।
अष्ट्रेलियाको हिन्दमरास स्टेडियममा भएको खेलमा मोरक्कोका लागि इब्तिसाम जराइदीले खेलको छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।
जितपछि समूह एचमा मोरक्को ३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा मवरक्को जर्मनीसँग ६-० ले पराजित भएको थियो ।
जर्मनी र कोलम्बियाको एक खेलबाट समान ३ अंक नै छ । दक्षिण कोरियाले भने लगातार दोस्रो हार बेहोरेको हो ।
प्रतिक्रिया 4