+
+

भु्क्तानी माग गर्दै रौतहटको प्रशासन कार्यालयमा निर्माण व्यवसायीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १४:२०

१४ साउन, रौतहट । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा धर्ना दिएका छन् ।

उनीहरुले निर्माण सम्पन्न नभएका योजनाको म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी संघको केन्द्रीय कार्यक्रम अनुसारनै देशै भरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएको निर्माण व्यवसायी संघका सदस्य अरबिन्द जयसवालले बताए । गरिसकेको कामको समेत भुक्तानी नपाए पछि अहिले निर्माण व्यवसायीहरु आर्थिक मारमा परेको उनले बताए ।

निर्माण व्यवसायीहरुले रौतहटमा रहेको सडक डिभिजन कार्यालयसँग ३० करोड भन्दा बढीको भुक्तानी लिन बाँकी छ भने विभिन्न स्थानीय तहहरुबाट १० करोड रुपैयाँ भन्दा बढीको भुक्तानी बाँकी रहेको जयसवालले बताए ।

‘गरेको कामको भुक्तानी नहुदा निर्माण व्यवसायीहरुले अनेकौ समस्याहरु झेल्नु परेको छ’, निर्माण व्यवसायी अरबिन्द जयसवालले भने ‘करोडौं रुपैयाँ फसेपछि निर्माण व्यवसायीहरु चरम आर्थिक संकटमा परेका छन् ।’

१६ साउनमा देशैभरिका निर्माण व्यवसायीले आफ्ना मागहरु पूरा गराउन काठमाडौंमा प्रदर्शन गर्ने निर्माण व्यवसायी जयसवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?