+
+

दमकका प्रमुख प्रशासकीय अधिकृतको अश्लील भिडियो बाहिरिएपछि क्वार्टरमा रङरोगन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १४:४९

१४ साउन, विराटनगर । सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरको रङरोगन गर्न लगाएका छन् ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको भिडियो टिकटकमा  सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न लगाएका  हुन् ।

भिडियोका कारण उनी विवादमा तानिएका छन् । दमक नगरपालिकाले घटनाको छानबिन गर्ने तयारी  गरेको छ । छानबिन हुँदा फस्ने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरको बेडरुमको रंग परिवर्तन गरेको श्रोतले दाबी गरेको छ ।

टिकटक भिडियो लाइभमा देखिएको हरियो रंग बदलेर उनले कोठामा पहेंलो रंग लगाएका छन् । उक्त कोठामा देखिएको एसीले भिडियो सार्वजनिक भएको कोठा नगरपालिकाकै क्वार्टर भएको पुष्टि हुन्छ ।

शनिबार  सार्वजनिक भएको भिडियोमा निरौला र महिला दुवै मदिराको नशामा देखिन्छन् । महिलाले टिकटकमा लाइभ कुराकानी गरिरहेका बेला निरौलाले उनीसँग अश्लील गतिविधि गरेको भिडियोमा देखिन्छ ।

आलोचना भएपछि निरौलाले भिडियो काठमाडौंको भएको दाबी गरेका नगरपालिका स्रोतले बताएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले प्रमुख प्रशासकीय अधिकृतको कार्य आपत्तिजनक रहेको बताइन् । घटनाको छानबिन गर्न नगरपालिकाले समिति बनाउने उनले बताइन् । ‘उहाँको गलत क्रियाकलापप्रति हामी भर्त्सना गर्छौ, हाम्रो आपत्ति छ’  उनले भनिन्,‘गलत गर्नेलाई कारबाही गर्नुपर्छ, नगरपालिकाबाट समिति बनाएर अनुसन्धान गर्छौं ।’

उनले क्वार्टर घटना भएको हो होइन भन्ने विषय आफूलाई जानकारी नभएको बताइन् । ‘पहिले पनि हल्लाखल्ला सुनें हिजोबाट समाचार नै आएको छ’ उनले भनिन्, ‘मलाई चाहिं नगरपालिका भित्रको होइन होला जस्तो लाग्छ, तर भिडियो हेरेको छैन, नगरपालिकाभित्रको भिडियो हो भने झन् धेरै गलत हो ।’

आइतबार रङरोगन गर्दै गरेको भिडियो पनि सार्वजनिक भएको छ जहाँ ‘अधिकृत बच्ने गरी हरियो हट्ने गरी’ रङरोगन गर्न कामदारलाई अह्राएको देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत निरौलाको परिवार भने काठमाडौंमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?