+

तीन खेलाडीले मिक्स मार्सल आर्टस् खेल्ने

२०८० साउन  १४ गते १५:५५ २०८० साउन १४ गते १५:५५
तीन खेलाडीले मिक्स मार्सल आर्टस् खेल्ने

१४ साउन,  काठमाडौं । जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डंगोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्टस् अर्गनाइजेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनु अघि खेलाडीले लुभ्समै अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिने छन् । सेमिनारपछि प्रतियोगिता हुनेछ ।

प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डंगोल रहेका छन् । टोली मंगलबार जर्मनी प्रस्थान गर्ने छ ।

मार्सल आर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय