+
+

किरण केसी, श्वेता खड्कासहितका कलाकारले गरे मरणोपरान्त अंगदान गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १६:२५

काठमाडौं । कलाकारहरु किरण केसी, श्वेता खड्का, यमन श्रेष्ठ लगायतले मरणोपरान्त अंगदानको घोषणा गरेका छन् । काठमाडौंमा आइतबार आयोजित समारोहमा उनीहरुले यस्तो जानकारी दिएका हुन् ।

कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराहनाले निर्देशन गरेको डकुमेन्ट्री ‘पुनर्जन्म’को प्रिमियर समारोहमा उनीहरुले शरीरका सबै अंग दान दिने बताएका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अंगदान गर्ने घोषणा गरेपछि सेलिब्रिटीलाई कार्ड समेत प्रदान गरेका थिए । मन्त्री बस्नेतले सेलिब्रिटीको यस्तो निर्णयले समाजमा सकारात्मक सन्देश दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?