
१४ साउन, दाङ। दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर- ८ दुधेना नयाँ बस्तीका १८ वर्षीय गगन घर्तीमगरको रहेका छन् ।
शनिवार दङ्गीशरण गाउँपालिका- ५ सङ्घारी चोकमा रगैचादेखि तुलसीपुर आउँदै गरेको मोटरसाइकल बालापुरमा अनियन्त्रित भइ पल्टिएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका घर्तीमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4