+
+

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते ६:४०

१५ साउन, काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो बैठकका लागि मिति भने तय भइसकेको छैन ।

पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति र स्थान तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो ।

समाजवादीले यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो तर प्राविधिक कारण जनाउँदै ती बैठक स्थगित गरेको छ ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ ।

बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?