+
+

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते ११:०५

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।

‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ’, उनले भने ।

यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?