+
+

बल्छी ध्रुवेलाई प्रश्न- राजु मास्टरसँगको सहकार्यमा ‘दरार’ आएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १२:२५

काठमाडौं । हास्य कलाकार राजु पौडेल उर्फ राजु मास्टरले आइतबार बेलुका नयाँ टिभी श्रृंखला ‘लफडा’को घोषणा गर्दै ट्रेलर सार्वजनिक गरे । भदौदेखि प्रसारण हुने बताइएको यो श्रृंखलामा उनका हितैषी मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवे सहभागी छैनन् ।

लामो समयदेखि सहकार्य गरिरहेका बल्छी ध्रुवे विनै राजु मास्टरले नयाँ श्रृंखलाको घोषणा गरेपछि यी दुईबीचको व्यावसायिक सहकार्यमा ‘दरार’ आएको हल्ला चलेको छ । झनै राजु मास्टरले यो हल्लाको बीचमा नयाँ सिरियल घोषणा गरेपछि त उक्त हल्लालाई बल मिलेको छ ।

वान-एक्स बेट प्रकरणमा रिहा भएपछि बल्छी ध्रुवेले टिभी सिरियल ‘हल्का रमाइलो’लाई एक्लै ल्याए । यसमा राजु मास्टरको सहभागिता छैन । बल्छीले एक्लै अभिनय र निर्देशन गरेपछि सहकार्यमा दरार आएको चर्चा सामाजिक सञ्जालमा चल्न सुरु भइसकेको थियो । आइतबार बेलुका फेसबुकमा राजु मास्टरले स्टाटस लेख्दा लफडा र जुठे आउने बताए पनि हल्का रमाइलोबारे केही उल्लेख गरेका छैनन् ।

तर अनलाइनखबरसँग कुरा गर्दै बल्छी ध्रुवे यो चर्चामा यथार्थ नभएको बताउँछन् । ‘यी सबै हल्ला हुन् । सहकार्य तोडिएको छैन । हामी चाँडै जुठे लिएर आउँदैछौं’ बल्छीले भने, ‘भ्याली बाहिर जानुपर्ने भएकाले जुठे आउन केही ढिलाइ मात्र भएको हो, अलग भएको भन्ने कुरामा सत्यता छैन ।’

उनले आफूहरुको व्यक्तिगत सम्बन्धलाई लिएर गलत कुरा सम्प्रेषण नगर्न समेत आग्रह गरेका छन् । चाँडै दाजुभाइ बसेर संयुक्त भिडियो बनाएर दर्शकलाई आश्वस्त तुल्याउने पनि बल्छीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?