+
+

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’ योजना

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १२:५२

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ । ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित ७५ रुपैयाँमा यो प्याक लिन सक्छन् । प्याकको समयावधि ३ दिनको रहेको छ । यसको अर्थ, ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा विना ३ दिनसम्म कूल ५ घण्टाका लागि अनलिमिटेड डेटा सेवा पाउँछन् ।

ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ ।

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दस डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ ।

हालै मात्र, कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ जसमा ग्राहकहरूले कर सहित मात्र २५ रूपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?