+

निकोलस पुरनको विस्फोटक ब्याटिङमा एमआई न्युयोर्क च्याम्पियन

२०८० साउन  १५ गते १२:५७ २०८० साउन १५ गते १२:५७
निकोलस पुरनको विस्फोटक ब्याटिङमा एमआई न्युयोर्क च्याम्पियन

१५ साउन, काठमाडौं । कप्तान निकोलस पुरनले विस्फोटक गर्दै अविजित शतक बनाएपछि एमआई न्युयोर्कले पहिलो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) को उपाधि जितेको छ ।

सोमबार बिहान टेक्सस राज्यस्थित डलासको ग्रान्ड प्राइरी स्टेडियममा भएको फाइनल एमआईले सिएटल णर्सकासलाई ७ विकेटले पराजित गरेको हो ।

पुरनले अविजित १३५ रन बनाएपछि एमआई न्युयोर्कले १८४ रनको लक्ष्य २४ बल अगावै ३ विकेट गुमाएर पूरा गर्‍यो । पुरनले ५५ बल खेल्दै १० चौका र १३ छक्का प्रहार गर्दै सानदार शतक प्रहार गरे ।

६२ रनमा २ विकेट गुमाएको एमआईका लागि पर्रनले डेवाल्ड ब्रेभिससँग मिलेर ७५ रनको साझेदारी गरे । ब्रेभिसले १८ बलमा २० रन बनाए ।

त्यसपछि पुनरले टिम डेभिडसँग चौथो विकेटका लागि अविजित ४७ रनको साझेदारी गरे ।

टिम डेभिडले अविजित १० रन बनाए । ओर्कासका लागि इमाद वासिम र वायने पार्नेले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिएटल ओर्कासले ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

ओर्कासका लागि ओपनर क्वेन्टन डे ५२ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा ८७ रन बनाए । शुभम रन्जाने २९, ड्वाइने प्रेटवरिउसले २१ र शेहान जयासुर्याले १६ रन जोडे ।

एमआई न्युयोर्कका ट्रेन्ट बोल्ट र रासिद खानले ३-३ विकेट लिए । रासिद खानले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिए । स्टेभन टेलर र डेभिड विजाले समान १ विकेट लिए ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय