
काठमाडौं । ‘आईएमई पे’ले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् ८ साउनदेखि ३२ साउनसम्म चल्ने छ।
यस अफरका प्रत्येक विजेतालाई प्रिटी क्लिकको ५००० रूपैयाँको भौचर प्रदान गरिने छ। सो अफरमा भाग लिन सेवाग्राहीले अफर अवधिभर कम्तीमा एक पटक आईएमई पे मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ ।
कम्पनीका अनुसार अफर अवधिभर प्रत्येक ५ दिनमा गोला प्रथा मार्फत २ जना विजेता छनोट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यूआर मार्फत भुक्तानी गर्न सक्ने छन् ।
विजेताहरूले प्रिटी क्लिकमा गएर सो भौचर प्रयोग गर्न सक्ने छन् । यो अफर आईएमई पेको महिला सेवाग्राहीका लागि मात्र मान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4