
१५ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औं योजना महत्त्वाकाङ्क्षी नभई यथार्थपरक बन्ने बताएका छन् ।
सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्य समितिमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै उपाध्यक्ष श्रेष्ठले हासिल हुने यथार्थपरक योजना बनाइने बताएका हुन् ।
उनले कोभिड-१९ महामारी, रुस–युक्रेन युद्ध लगायत विविध कारणले १५औं योजनाको लक्ष्य पूरा हुन नसकेको बताए । १६ औं योजना भने पूरा हुने लक्ष्य मात्रै राखिने उनले बताए ।
चौधौं योजनाका धेरै लक्ष्यहरु पूरा भएको भन्दै उनले १६ औं योजनाको तयारीमा पनि धेरै अध्ययन गरेर यथार्थपरक मात्रै लक्ष्यहरु राखिने उनले बताए ।
योजनाको डकुमेन्ट्स पनि यसपटक भद्दा नहुने भन्दै उनले भने, ‘हामी सबैले पढ्न मिल्ने सरल र सहज डकुमेन्ट्स बनाइनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4