+
+

मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १६:०३
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल र उनलाई मोसो दल्न पुगेका नेविसंघ कार्यकर्ता ।

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गरी केहीलाई निलम्बन र केहीलाई नसियत दिएको बताएका छन् । तर उनीहरुको नाम विज्ञप्तिमा खुलाइएको छैन ।

‘पूर्वाञ्चल विश्वविद्यालयको घटनामा नेविसंघमा आवद्ध केही व्यक्तिहरुको संलग्नता पुष्टि भएको हुँदा नेपाल विद्यार्थी संघको विधान, २०२७ (सातौं संशोधन २०७५) बमोजिम अनुशासनको कारवाही गरी केहीलाई निलम्बित गरिएको छ भने केहीलाई नसियत दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

२९ जेठमा नेविसंघका केही विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई क्वार्टरमै पुगेर मोसो दलेका थिए ।

नेविसंघ केन्द्रीय कार्य समितिले घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको थियो । समितिले घटनामा संलग्न व्यक्तिहरुलाईस्पष्टीकरण सोधी सफाइको मौका समेत प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । मागहरु जायज भएपनि कालोमोसो दल्ने कार्य नेविसंघको आदर्श, मूल्य मान्यताको विपरीत भएको हुँदा यस्तो कार्यमा क्षमा नहुने अध्यक्ष शेर्पाले बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?