
काठमाडौं । सामसङ नेपालले सामसङ टिभीको खरिदमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ ।
यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टी, ए, बी र सी–सिरिज टिभी सेटहरूमा लागु हुनेछ ।
सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले यस अफर मार्फत ग्राहकलाई पूर्ण सन्तुष्टिका साथै गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गरिएको बताए ।
३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त बनाएको र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने विश्वास कम्पनीले गरेको उनले बताए ।
यो अफर क्यूएलईडी, दी फ्रेम, यूएचदी, एफएचडी टिभी जस्ता २ इन्चदेखि ८५ इन्चसम्मका धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुनेछ । यो वारेन्टी अफर १ अगस्टदेखि ३१ डिसेम्बर २०२३ सम्म लागू हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4