+
+

कुलमान घिसिङले गरे ‘फोन पे’ अभियानका विजेतालाई पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १८:१०

काठमाडौं । अनुप  सिकर्मी  ‘फोन पे’ ले सञ्चालन गरेको ‘फोन पे गर्ने हो, बिजुली को बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनाका विजेता बनेका छन् ।

११ साउनमा काठमाडौँस्थित नेपाल विधुत प्राधिकरणको कार्यलयमा आयोजित कार्यक्रममा सिकर्मीलाई भाग्शाली विजेता घोषणा गरिएको हो ।

गत जेठ महिना भरि लागू भएको यस योजनामा हजारौँको संख्यामा ग्राहकहरुको सहभागिता रहनुका साथै देशव्यापी रुपमै सकारात्मक प्रतिकिया प्राप्त भएको ‘फोन पे’ले जनाएको छ ।

यस योजनामा आफ्नो सहभागिता जनाउन, ग्राहकहरुले तोकिएको अवधि भर, बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई ‘फोन पे’को बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने शर्त लागु गरिएको थियो |

विजेता सिकर्मीलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइफोन १३ मिनी हस्तान्तरण गरेका थिए ।

घिसिङले विजेतालाई उपहार हस्तान्तरण गर्दै विधुतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालिएको कदमहरुको प्रसंशा गरेका  थिए |

‘फोन पे’का प्रमुख कार्यकारी अधिकृत दिवसकुमारले आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली  ग्राहकहरुलाई विधुतीय  भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरु थप्दै जाने र पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई सजिलो  बनाउदै  लैजाने प्रतिबद्धता जनाए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?