
काठमाडौं । आईटी र इ–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले ‘स्मार्ट टेक्नोलोजी’ सम्बन्धी प्रदर्शनी आयोजना गरेको छ ।
कलेज परिसरमा २७ जुलाईदेखि ३० जुलाईसम्म आयोजित प्रदर्शनीमा राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए ।
कार्यक्रममा मुख्य आकर्षण रोबोटको लडाकु “रोबो वार” रहेको थियो । कार्यक्रममा टोली “भाइपर स्ट्राइक” ले रोबो वार जित्यो भने “काजाडोर” उपविजेता बनेको थियो । विजेता टोलीले क्रमशः ७५ हजार र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
कार्यक्रमको उद्घघाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4