+
+

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक डाकियो, ११ जना सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते ११:४७

१६ साउन, काठमाडौं । आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

अपराह्न ४ बजे परिषद्को बैठक बस्नेछ ।

परिषद् सचिवालय स्रोतका अनुसार, प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बोलाइएको हो । संवैधानिक व्यवस्था अनुसार, १९ असारमा नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बोलाउन ढिलाइ भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकाशको समय एक महिना बाँकी छँदै न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष पूरा भएका न्यायाधीशहरुको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाइसकेको थियो । संविधानमा सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ ।

सूचीमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्माको सूची पुगेको छ । हालसम्म सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ ।

६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी शुक्रबारदेखि अवकाश हुँदैछन् । उनीपछि वरिष्ठतम न्यायाधीशका हैसियतले विश्वम्भर श्रेष्ठ नै कामु प्रधानन्यायाधीश हुनेछन् । कार्कीको अवकाशपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?