+
+

एडल्ट सर्टिफिकेट दिंदै अक्षय कुमारको ‘ओह माइ गड २’ लाई भारतमा प्रदर्शन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १३:१५

काठमाडौं । अक्षय कुमारका फ्यानलाई खुसीको खबर छ । उनको आगामी फिल्म ‘ओह माइ गड २’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने पक्का भएको छ । साउन २६ गते यो फिल्मलाई भारतसहित विश्वभर प्रदर्शन गरिंदैछ ।

भारतीय सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट प्रदान गर्दै फिल्मलाई प्रदर्शन अनुमति दिएको छ । तर भारतमा १८ वर्षभन्दा तलका दर्शकले यो फिल्म हेर्न पाउनेछैनन् ।

भारतको केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई २७ ठाउँमा परिमार्जन गर्न सुझाएको छ । जसमा अधिकांश संवादलाई बदल्न भनिएको छ । फिल्मको डिस्क्लेमरलाई बदलेर त्यसमा भ्वाइसओभर जोड्न तथा शिवजीको सबै चरित्रलाई बदलेर अक्षयकुमारलाई एक भक्त र भगवानको दूतको रुपमा चित्रण गर्न भनिएको छ ।

फिल्मको  लेखन तथा निर्देशन अमित रायले गरेका हुन् । यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘ओह माइ गड’को सिक्वेल हो । यसमा अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा छन् । हालसम्म फिल्मको टिजर र दुई गीत सार्वजनिक भइसकेको छ ।

यसअघि यो फिल्मलाई ओटीटीमा रिलिज गर्ने योजना थियो । रिपोर्टका अनुसार निर्माताले जियो सिनेमा एपसँग करिब ९० करोड भारुमा सम्झौता गरेका थिए तर अक्षय र उनका फ्यानले फिल्मलाई सिनेमाघरमा मात्रै रिलिज गर्न चाहेका थिए ।

यो फिल्मलाई लिएर सेन्सर बोर्डमा बैठक चलिरहेको थियो । बोर्ड अन्तर्गतको पुनरावलोकन टिमले फिल्म हेरेको थियो, जतिबेला सेन्सर बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित थिए । फिल्मलाई ‘ए’ सर्टिफिकेट दिइएको र करिब २० दृश्य काट्न सुझाएको पहिलो खबर आयो । यो पनि भनिएको छ कि निर्माताहरू सीबीएफसीविरुद्ध अदालत जान सक्छन् ।

‘ओह माइ गड २’ को बक्स अफिस प्रतिस्पर्धा सन्नी देओल र अमिषा पटेलको अर्को हिन्दी फिल्म ‘गदर २’ सँग हुनेछ । यो फिल्म पनि सोही मितिमा प्रदर्शनको तयारीमा छ । यो फिल्म सन् २००१ मा रिलिज भएको ‘गदर’ को सिक्वेल हो, जुन त्यो वर्षको ब्लकबस्टर फिल्म थियो ।

भारतीय सेन्सर बोर्डले ‘ओ माइ गड २’ बारे लिएको निर्णयलाई आफूहरुले पनि नजिकबाट नियालिरहेको नेपाली सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?