+
+

कालीप्रसाद बाँस्कोटा सेप्टेम्बरमा क्यानडामा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १४:४०

काठमाडौं । संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा क्यानडामा गुञ्जिने भएका छन् । आगामी सेप्टेम्बर १६ मा आँगन इभेन्टले उनीसहितका कलाकारको कन्सर्ट आयोजना गर्ने भएको हो ।

क्यानडाको मिसीसागा सहरमा हुने प्रस्तुतिलाई लिएर दर्शक प्रतीक्षित रहेको आँगन इभेन्टका अध्यक्ष ज्ञान भण्डारीले बताए ।

कार्यक्रममा कालीप्रसादसँगै गायिका मौसमी गुरुङ, लोकगायक मानसिंह खड्का, गायिका पवित्रा कार्की, गायिका सरू देउजाले गायन प्रस्तुत गर्नेछन् भने मोडल सुधीर श्रेष्ठ र मनोज विकले नृत्य प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?