१६ साउन, काठमाडौं । अमेरिकासँगको बराबरीसँगै पोर्चुगल महिला विश्वकप फुटबलमा समूह चरणबाट बाहिरिएको छ ।
समुह इ को जित्नै पर्ने खेलमा पोर्चुगल अमेरिकासँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीपछि अमेरिका भने अन्तिम १६ मा पुग्यो ।
न्युजिल्याण्डको अकल्यान्डको इडेन पार्कमा भएको खेलमा पोर्चुगलले खेलमा ५६ प्रतिशत बल पोजिसन राखे पनि टार्गेटमा हान्न नसक्दा गोल गर्न सकेनन् ।
अमेरिका भने ३ खेलमा १ जित र २ बराबरीसहित ५ संक सहित नकआउट प्रवेश गरेको छ ।
यो समूहबाट नेदरल्यान्ड्स भने भियतनामलाई ७–० ले पराजित गर्दै ७ अंक सहित समूह विजेता बनेर नकआउट प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया 4