+
+

कांग्रेसका ६ महानगरका समितिले देउवालाई बुझाए ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १६:४९

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महानगर समितिले मर्यादाक्रममा अन्याय भएको भन्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठकले गरेको निर्णय अनुसार मर्यादाक्रमको विभेद हटाउन माग गरिएको छ ।

काठमाडौं महानगरका सभापति निलकाजी शाक्यको नेतृत्वमा पुगेको टोलीले सभापति देउवालाई मागपत्र सोमबार बुझाएको हो ।

सभापतिले मूख्य सचिव कृष्णप्रसाद पौडेललाई आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएको काठमाडौं महानगरका सचिव सुसन वैद्यले जानकारी दिए ।

गत शुक्रबार र शनिबार बसेको छ महानगरको काठमाडौंमा बैठक बसेको थियो । बैठकले गरेका मागका विषयमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र अन्य पदाधिकारीलाई ज्ञापन पत्र बुझाउने वैद्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?