
व्यासको वाद खै ? रामको राज्य खै ?
भाषणै धेर भो कामको राज्य खै ?
बाहिरी वादले चिस्सियौं बेस्सरी
राहती रापिलो घामको राज्य खै ?
ज्यान मारा लुटेराहरू मौलिए
ज्ञान खै बुद्धका धामको राज्य खै ?
कर्म योगी मरे ज्ञान योगी मरे
खाली भो पेट त्यो मामको राज्य खै ?
व्याज आयो त खै ? स्याजको प्याज खै ?
मारिने ज्यानको सामको राज्य खै ?
–शुक्लागण्डकी–५, तनहुँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4