+
+

काठमाडौंको कमलादीमा सामसङको प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १२:४७

काठमाडौं । सामसङले काठमाडौंका कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । १६ साउनदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सीईओ जोङ बुम पार्कले गरे ।

नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो । यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरुले आफूले खरिद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरुलाई खरिदको निर्णय गर्न सहज हुनेछ ।

यो ब्राण्ड स्टोरले ग्राहकहरुलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउनेछ । ग्राहकहरुले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध इकोसिस्टम जस्तैः ग्यालेक्सी बड्स र ग्यालेक्सी स्मार्ट वाचहरु, ट्याब्लेटहरु, सामसङ मोनिटरहरु, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन् ।

स्टोरमा गेमिङमा अभिरुची राख्ने आजका युवाहरुलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरु राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ । स्टोरमा ग्राहकहरुले सामसङका उत्पादनहरुलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाइ अनुसारको सामानहरु सजिलै खरिद गर्न सक्नेछन् ।

स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, मासिक किस्तामा शून्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ सुविधा हो ।

यसले ग्राहकहरुलाई सहज कर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरुले सजिलोसँग सामसङको सामानहरु खरिद गर्न वा न्यूनतम मूल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन् । यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकहरुलाई प्रिमियम अनुभव दिलाउने पूरा विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?