१७ साउन, काठमाडौं । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले इटालियन क्लब एसी मिलानलाई १–० ले पराजित गरेको छ ।
अन्सु फातीले दोस्रो हाफमा गरेको एकमात्र गोलनै निर्णायक बनेको हो । उनले खेलको ५५औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।
फातीले पेनाल्टी बक्स भित्रबाट गोल गरेका हुन् । बार्सिलोनाले यसअघि प्रि सिजनको खेलमा रियल म्याड्रिडलाई ३–० ले पराजित गरेको थियो ।
त्यसअघि आर्सनलसँग ५–३ को हार बेहोरेको बार्सिलोनाले भिसेल कोबेलाई २–० ले हराएको थियो ।
बार्सिलोनाले अगस्ट ८ मा जोआन गाम्पर ट्रफीका लागि टोटेनहमसँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया 4